काठमाडौँ- प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई आज नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ ।
काँकडभित्ताबाट काठमाडाँैतर्फ आउँदै गरेको प्रदेश ३–०१ ००६–ख ०२४७ नम्बरको बस जाँच गर्दा दुईवटा सुटकेशमा हाली बसको डिकीमा लुकाएर ल्याएको अवस्थामा मोबाइल फेला परेको हो । मोबाइलको भन्सार पाससमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।
नागढुङ्गानमा मोबाइल बरामद भए पनि खोज्दै जाँदा काठमाडौँको गोँङ्गबु बसपार्कबाट उनलाई पक्राउ गरिएको हो । प्रारम्भीक अनुसन्धानको क्रममा उक्त सुटकेश जिम्मा लिनको लागि सम्बन्धित धनी गोँङ्गबु बसपार्कमा आउने जानकारी पाएपछि नागढुङ्गाबाट प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको प्रहरी टोली बसपार्क आएको थियो । सोही क्रममा बसपार्कमा सुटकेस लिन आएका उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । उक्त मोबाइलको अनुमानित बजार मूल्य रू २१ लाख ७३ हजार ५०० छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस