सप्तरी– सप्तरीको डाकनेश्वरी नगरपालिकाका प्रमुखमाथि हातपात भएको विरोधमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नगरप्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका वडा नं ३ का राजीवकुमार राय, वडा नं ५ का अमरेन्द्र यादव र वडा नं ७ का अर्जुन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताएका छन् ।
घटनालगत्तै पक्राउ परेका तीन जनासहित पाँच जनाविरुद्ध नगरप्रमुख साहले आज जिल्ला प्रहरी कार्यालयमा गालीबेइज्जतीको उजुरी दिएका छन् । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहभागी हुन कर्मचारीसहित गइरहनुभएका नगरप्रमुख साहमाथि आरोपितले मङ्लबार दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको प्रमुख साहले बताएका छन् ।
नगरप्रमुख साहमाथि भएको हातपातको विरोधमा आज जिल्लाका १८ वटै स्थानीय तहले सेवा बन्द गरेका छन् । नगरप्रमुख साहमाथि भएको आक्रमणको विरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीमा बसेको बैठकले आज जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेबमोजिम बन्द भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस