काठमाडौं-आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सानेपास्थित उनको घरमा रहेका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
पशुपति दर्शन गरेर १२ बजे घर पुगेका पूर्वसचिव कार्कीले बेस्सरी चिच्याएपछि स्थानीयवासी घर पुग्दा यो विभत्स घटना सार्वजनिक भएको हो । कार्कीपत्नी मुना जीवितै रहेको देखेपछि तत्कालै स्टार अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
ललितपुर उपमहानगरपालिका २, सानेपास्थित घरको भान्छा कोठामा कार्की पत्नीलाई गम्भिर अवस्थामा भेटिएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो । हातमा नीलडाम देखिएको थियो ।दाङ स्थायी घर भएका कामदार चौधरीलाई डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको थियो । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस