काठमाडौं-पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन।
तर गैरकानुनी रुपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन्।
पूर्वसचिव कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आत्महत्या गरेको भनिएका विजय चौधरीले विना तलब ६ वर्षदेखि घरेलु काम गरेको खुलेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिले छापेको छ |
आफन्तका अनुसार कक्षा ६ सम्म पढेर छाडेका विजयका बाबुआमाले भविष्यमा जागिर पाउँछ भनेर छोरालाई कार्की निवास पठाएका हुन्।
विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो। तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन।
‘छोराको पढाई थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि केही समय घरमा काम गर्न पठाएको हुँ,’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरेबापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन। तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले पनि माग्न सकेनौँ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस