ललितपुर-महानगरिय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु कछुवा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२९ हरिसिद्धी गुमोजका डेविट महर्जन रहेका छन्।
ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई कछुवासहित पक्राउ गरेको हो।
उनलाई ललितपुरको पुल्चोकस्थित लाबिममल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको पुल्चोकस्थित लाबिममल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। थापाका अनुसार महर्जनले रु १२ लाखमा कछुवा कारोवार गर्न खोजेको खुल्न आएको छ। एक्वारियम थ्री इन वन मोर फङ्सन लेखिएको कागजको बट्टाभित्र कछुवा भेटिएको थियो ।
महर्जनको झोला खानतलासी गर्दा ३४ कछुवाका बच्चा फेला परेको महाशाखाले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीवन पठाइएको प्रहरीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस