भक्तपुर-मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४ चार दोबाटोबाट तीन जना र सूर्यविनायक नगरपालिका-१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिएका छन्।
लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा-४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-३ बस्ने १९ वर्षीय सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
त्यसैगरी प्रहरीले लागुऔषधसहित डाइजोपाम ३७ थान र फेनेरागन ३० थानसहित सूनपा-१ सिरुटारमा घर निर्माणको काम गर्दै आएका दुई जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले मोरङको कञ्चनबारी गाउँपालिका-९ घर भई हाल काठमाडौँ थानकोट बस्ने ३१ वर्षीय मनोज अधिकारी र भारतको मोतिहारी जिल्ला घर भई हाल सिरुटार बस्ने ४३ वर्षीय मनेजर शर्मालाई पक्राउ गरेको गिरीले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस