काठमाडौं-राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौंका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ।
प्रबन्ध सञ्चालक धर्मराज अधिकारी, सञ्चालक समितिका अध्यक्ष, सदस्य र उनीहरु पक्षधर कर्मचारीको मिलेमतोमा मकैको बीउमा रु. ३ करोड २५ लाख रुपैयाँ भन्दा धेरै भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अनुसन्धानका क्रममण उनीहरुले भ्रष्टाचार गरेको ठहर भएकोले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन्।
कम्पनीको अनुदानमा किसानलाई उपलव्ध गराउने भनिएको मकैको बीउ किसानलाई वितरण नगरी गलत कागजपत्र तयार गरी कार्यलयका प्रवन्ध निर्देशक अधिकारी, तत्कालीन कायममुकायम महाशाखा प्रमुख रेवती रमण ओझा, तत्कालीन आर्थिक महाशाखा प्रमुख महेश कुमार पौडेल, तत्कालीन शाखा अधिकृत बिन्दु थापा, बरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झाले २ करोड ७६ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ।
उनीहरु सबैलाई जनही रु. ४६ लाख १५ हजार रुपैयाँका दरले बिगो कायम गरि मुद्दा दायर गरिएको छ। यस्तै युनिक सिड कम्पनी प्रा.लि तथा धनगढी तथा कृषक सहयोग केन्द्र, धनगढी-१३, कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालले ९० मेट्रिक टन बिउ बेचेको कागज बनाई रु. ३५ लाख रुपैयाँ हिनामिना बेचेको अभियोग लागेको छ।
चितवनको रत्ननगरमा रहेको बिजबृद्धि कम्पनी प्रा.लि का प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीले पपिन सम्झौता अनुसार विक्रि गर्नुपर्ने उन्नत जातको २८ दशमलव ४६ मेट्रिक टन मकैको बिउ कम्पनीलाई नबुझाई रु. ११ लाख रुपैयाँ भन्दा धेरै हिनामिना गरेका अख्तियारका प्रवक्ता कोइरालाले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस