धनुषा-घना जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी आज प्रहरीले नष्ट गरेको छ। जिल्लाको औरही नगरपालिका-१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो।
प्रहरी चौकी औरहीबाट खटिएको टोलीले घना वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर नष्ट गरेको हो। जङ्घा नदी किनारको शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टीबाट १ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भट्टीमा बनाइने मदिरामा युरिया रासायनिक मल र प्लाष्टिकका चप्पलजस्ता अखाद्य वस्तु मिसावट गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्। गाउँ/नगर वस्तीभित्र प्रहरीको सघन गस्ती भइरहेपछि भट्टी सञ्चालकले सुरक्षित ठाउँ बनाउन वनक्षेत्र पसेका प्रहरीको भनाइ छ। प्रहरी पुग्न अगावै भट्टी सञ्चालक औरहीका स्थानीय नथुनीप्रसाद यादव भागेका बुढाथोकीले बताए।
घरेलु मदिराको सेवनले घरकलह बढाउनेदेखि गम्भीर प्रकृतिका बिरामी हुने क्रम बढेपछि प्रहरीले अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान नै चलाएको छ। भट्टी सञ्चालकले एक साताभित्र आउन लागेको होली (फागु) पर्वलाई लक्षित गरी मदिरा बनाउन लागेका बुझिएको छ। पुराना चप्पल, जुत्ता र युरिया मलजस्ता अखाद्य वस्तुको प्रयोग गरी बनाइएको मदिरा बढी नशा दिने र शरीरलाई असर गर्ने भएकाले त्यसको नियन्त्रण गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको प्रनाउ बुढाथोकीको भनाइ छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस