तौलिहवा-कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन्।
विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ। घटनाका विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सवारी साधनमा गएराति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ।
सडक निर्माणमा खटिएका कामदारहरुलाई राति करिब १:०० बजे कोठाभित्रै थुनेर अज्ञात समूहले गाडीहरुमा आगजनी गरेको प्रहरीले जनाएको छ।
आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस