तौलिहवा-कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-१ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ। तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकि छिन्। गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताईन्।
महिलाको निधार र शरीरमा तेजाब लागेको छ। तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ।
वरईले क्रिकेट ब्याट भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए। वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन्। प्रहरीले वरईको पसलबाट ५ लिटर तेजाबसमेत बरामद गरेको छ। तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन्। उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस