काठमाडौं – जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो ।
फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ ।
पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४ फागुन २८ गते उजुरी दिएकी थिइन् । सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस