मङ्गलबारे– इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो ।
गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिएका छन् । आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो । सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन् ।
युवती मङ्गलबार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडेको तर विद्यालय नपुगेपछि खोजतलास शुरु गरिएको थियो । बुधबार दिउँसो अम्रिसो बारीमा शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शव परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ ।
प्रहरी सामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन् । ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई बाँध्ने गोठ नजिकै रहेको अम्रिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए । शवलाई प्लाष्टिकको बोरामा राखेर माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस