काठमाडौँ- विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक सवारीहरूमा बढी भाडा लिने १७ जना व्यक्तिहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ । महाशाखाले बढी भाडा लिने व्यक्तिहरु थाहा पाऊन आफु नै यात्रु बनेको पनि जानकारी दिएको छ ।
पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र संग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जार बहादुर गुरुङ, बिजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, बिजय तामाङ, निल बुढाथोकी, संजिब भण्डारी, प्रदिप लामा, कृष्ण माझी, बिनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ रहेका छन् ।
सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिएका छन् । यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको उनले बताएका छन् ।
पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस