सोल-कोरियाली प्रहरीले गत शुक्रवार सम्ममा यौन जन्य सामाग्री मेसेजमा पठाई यौनिक हिंसाको अभियोगमा १ सय २४ जनालाई गिरफ्तार गरेको छ ।
टेलिग्राम मेसेन्जर नामक सामाजिक सञ्जाल एप मार्फत महिला तथा अन्यलाई यौन जन्य सामाग्रि पठाएको अभियोगमा कोरियाली प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कोरियाली प्रहरीका अनुसार छो थर भएका एक कोरियाली नागरिकले डाक्टर उपनाम दिएर यौनजन्य सामाग्री उत्पादन तथा सेयर गर्ने, सोही भिडियो देखाएर ब्ल्याकमेल गर्ने लगायतका काम गरेको पाईएकाले उनलाई गिरफ्तार गरे पश्चात अन्यलाई पनि गिरफ्तार गरिएको हो ।
सो घटनाका हाल सम्म ७४ जना पिडितहरु सम्पर्कमा आएको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार हाल सो ग्रुपमा २ लाख ६० हजार जना सकृय सदस्यहरु रहेका छन् ।
प्रहरीका अनुसार छोले १०० भन्दा बढी त्यस्ता ग्रुपहरु सञ्चालन गरेको पाइएको छ । उनले ग्रुपको सदस्यता लिन दुई लाख देखि १५ लाख वनसम्म लिने गरेको पाइएको छ । हाल उक्त एपको व्यापक विरोध भइरहेको र प्रहरी समक्ष व्यापक गुनासाहरु आइरहेको प्रहरीले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस