टोकियो – जापानको राजधानी टोकियो स्थित इडोगावा वार्डमा बसोवास गर्ने एक ५९ बर्षीय पुरुष आफ्नै ५७ बर्षीय श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।
टोकियो प्रहरीका अनुसार स्थानीय एक कम्पनीमा कार्यरत एक कर्मचारी काजुवो माकिनोको कम्पनिबाट आउने तलवको विषयमा चर्काचर्की भएको थियो ।
विवाद चुलीदै गए पछि उनले आफ्नी श्रीमतिलाई कैयौँ पटक थप्पड हानेका थिए । थप्पडको पिडाले उनी तल खसेकी थिइन जसका कारण उनी गम्भिर विरामी समेत परेकी थिइन् ।
घटना पश्चात आरोपित आफैले नै अस्पतालमा सम्पर्क गरेर उपचार गर्न अस्पताल लगेका थिए तर उपचारकै क्रममा श्रीमतीको मृत्यु भएको थियो । प्रहरीका अनुसार घटना रातको करिव ११ बजे तिरको हो ।
प्रहरीका अनुसार दुबै जना बेलुकाबाट नै रक्सि पिएका थिए र उनीहरुको कोरोना संक्रमणका कारण कम्पनीले घटाएको तलवका विषयमा विवाद भएको थियो । प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको तथा अभियुक्तलाई थुनामा लिएको पनि जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस