काठमाडौँ– महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलिले ‘लकडाउन’को समयमा बिक्री वितरणका लागि तयार पारेको विषादीयुक्त घरेलु मदिरा नष्ट गरेको छ ।
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न तथा यसको रोकथामका लागि सरकारले लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरिरहेको अवस्थामा निर्देशनको अवज्ञा गर्दै मदिरा बनाउने तथा बिक्री वितरण गरेको भन्ने सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।
बौद्धको च्याल्दुङ गल्लीमा व्यवसायीले विभिन्न घर, टहरामा अवैधरुपमा बनाएको एक हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने दुई हजार ३३० लिटर कच्चापदार्थ स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताएका छन् ।
कार्कीले सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा पालना गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्की सुरक्षित रहनसमेत सार्वसाधारणलाई आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस