जाजरकोट- शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि भन्दै निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा सङ्कलनमा रोक लगाएको हो तर यार्सा पाउने पाटनहरुमा चोरहरु पुगेपछि स्थानीयवासी त्रसित भएका छन् ।
निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने कुनासा पाटनमा जुम्लाका २४ जनाभन्दा धेरै मानिस यार्सा चोरी गर्न आएपछि स्थानीयवासी त्रसित भएको पुग्मोका स्थानीयवासी धावा लामाले जानकारी दिएका छन् । धावाले भने, “हामी कोरोनाकै डरले सरकारको निर्णय मानेर घरमा बसेका छौँ तर जुम्लाका मान्छेले पाटनमा यार्सागुम्बा चोरी गरिरहेका छन्, यो न्यायसङ्गत भएन । तत्काल सुरक्षाकर्मी खटाइदिनुपर्ने भयो ।”
यार्सागुम्बा चोरीभन्दा पनि जुम्लाका मानिस भागेर आएको र उनीहरु भारतबाट सिधै डोल्पाका पाटनमा पुगेको भन्ने सूचना आएकाले स्थानीयवासी डराएको धावाले बताए । चौँरी गोठाला गएकी धावासाङमु लामाले यार्सा चोरी गरिरहेको देखेपछि डरले भागेर घर आएको बताएका छन् । धावासाङमुका अनुसार गोठमा राखिएका आलुसमेत खाएको र यार्सा चोरी गरिरहेकाले डरले भागेर चौँरी उतै छाडी घर आएको बताए ।
पुग्मो गाउँको उवा, आलु, गहुँ लगाउने कुनासामा यो वर्ष कोरोनाकै कारण डरले स्थानीयवासीले जेठ २ गतेसम्म नजाने निर्णय गरेका छन् । एकातिर कोरोनाको डर अर्काेतिर चोरको डरले स्थानीयवासी घर बाहिर निस्कन नसकेको धावाले बताए ।
यता निकुञ्जक प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने सुरक्षाकर्मी पुगिसकेकाले स्थानीयवासीलाई त्रसित नहुन आग्रह गरेका छन् । पौडेलले भने, “हामीले सबैतिर सुरक्षा खटाइरहेका छौँ, वनको संरक्षण गर्ने जिम्मा निकुञ्जको हो स्थानीयवासीले पनि साथ दिनुहोस् ।”
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका १० नाकामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गर्ने भने पनि हालसम्म सबै क्षेत्रमा नपठाएको स्थानीयवासीको आरोप छ । निकुञ्ज र मध्यवर्तीका जगदुल्ला नाका, त्रिपुरासुन्दरी नाका, धो नाका, सुम्दुहानाका, रिग्मो नाका, रह नाका र मुगुको डोल्फु नाका सिल गरी सुरक्षाकर्मी राख्ने भएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रका पाटनहरुमा यार्सागुम्बा चोरी गर्न गए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कानूनी कारवाही हुने संरक्षण अधिकृत पौडेलले जानकारी दिए तर स्थानीयले नियम पालना गरिरहेको बेलामा बाहिर जिल्लाका मानिस चोरीका लागि पाटनमा पुगिसकेका छन् ।
जिल्लामा यार्सागुम्बा पाउने पाटनमा करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य बाँकी वनअन्तर्गत पर्दछन् । निकुञ्ज र वनमा हरेक वर्ष सरदर ४० हजारभन्दा धेरै मानिस यार्सागुम्बा सङ्कलनमा जाने गर्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस