काठमाडौँ- कलैयाबाट प्रकाशित हुने तराई मधेस दैनिक पत्रिकाका प्रकाशक पवन यादवमाथि आइतबार राति ८ बजे आक्रमण भएको छ ।
कलैयाबाट मोटरसाइकलमा घर जाने क्रममा कलैया उपमहानगरपालिका–१६ हनुमान मन्दिर अगाडि उनीमाथि आक्रमण भएको हो ।
पत्रकार शिवशंकर मिश्रका अनुसार घर जाँदै गरेका यादवलाई बाटो ढुकेर बसेका चारजना व्यक्तिले रोकेर आक्रमण गरेका हुन् । आक्रमणबाट उनको टाउकोमा चोट लागेको छ ।
उनको कलैयास्थित जिल्ला अस्पातमा उपचार गरिएको छ। उनको अवस्था भने सामान्य रहेको छ ।
आक्रमण गर्नेको प्रहरीले खोजी सुरु गरेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस