सोल-दक्षिण कोरियामा वालबालिकाहरुका अश्लिल तथा यौन जन्य सामाग्री राखिएको एक वेवसाइट सञ्चालक २४ बर्षिय सन् जङ वुका बाबुले छोरा विरुद्ध उजुरी दर्ता गराएका छन् ।
उनले सहमति नलिई क्रिप्टो करेन्सी खाता खोल्न आफ्नो सूचना तथा विवरण प्रयोग गरेको आरोप लगाएका छन् । बाबुले उक्त वेवसाइटबाट आर्जित रकम समेत गुप्त राखेको आरोप छोरा माथि लगाएका छन् ।
उनका अनुसार वुले आफ्नी हजुरआमाको अस्पतालको बिल गैर कानुनि तरिकाले तिरेको आरोप समेत लगाएका छन् ।
कानुनी विज्ञहरुले भने बाबुको सो कदम वुलाई हुनसक्ने सजाय न्युनिकरणको अभ्यासका रुपमा लिएका छन् ।
यदि वुलाई अमेरिकामा लगिएमा वाल यौन मुद्दामा कोरियामा भन्दा कडा सजाय हुन सक्छ । तर कोरियामा नै दुई वा दुई भन्दा बढी मुद्दा चलिरहेको खण्डमा उनलाई अमेरिका लगिरहनु पर्दैन ।
कोरियाली कानुन अनुसार त्यसो भएमा उनी एक कसुरका लागि दोहोरो सजायबाट बच्छन् ।
उनी हाल कोरियाको जेलमा छन् र १९ मे मा उनी विरुद्द सुपुर्दगीको विषयमा फैसला हुने छ । एक पटक सो फैसला भइसके पछि त्यसमा पुनरावलोकन हुने छैन ।
यदि अदालतले सुपुर्दगी गर्न अनुमति दिएमा अन्तिम अनुमति कानुन मन्त्रीले दिने गर्दछन् र उपयुक्त समयमा अमेरिकी अधिकारी आएर उनलाई लैजाने छन् ।
सन् २०१८ मा बेलायती, अमेरिकी तथा कोरियाली संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो । त्यस लगत्तै अमेरिकाले उनलाई आफूले कारवाही गर्न पाउनु पर्ने भन्दै सुपुर्दगी गर्न भनेको थियो ।
अमेरिकामा मुद्रा अपचलन सम्बन्धी कानुन अत्यन्त कडा मानिन्छ । कोरियामा सोही मुद्दाका लागि २५ हजार डलर सजाय छ भने अमेरिकामा ५ लाख अमेरिकी डलर छ ।
वुले यौनजन्य वेवसाइट सञ्चालन गरेका थिए । १२ लाख सब्क्राइब रहेको उनको सो वेवसाइटमा २,५०,००० भिडियो राखेका छन् भने उक्त वेवसाइट मार्फत करिव ३ लाख २५ हजार अमेरिकी डलर आर्जन समेत गरेका छन् ।
हालै सोही मुद्दासँग मिल्दा जुल्दा धेरै मानिसहरु पक्राउ परेको तथा उनीहरुलाई अमेरिका सुपुर्दगी गर्न २ लाख बढी मानिसले हस्ताक्षर समेत बुझाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस