सोल-दक्षिण कोरियामा गत महिनामा भएका दुई महिलाहरुको हत्या आरोप लागेका अभियुक्तलाइ सार्वजनिक गरिएको छ ।
प्रहरीका अनुसार सिरुम एथलेट समेत रहेका अभियुक्त छे सिन जोङको परिचय गत बुधवार सार्वजनिक गरिएको हो ।
३१ बर्षिय खेलाडी समेत रहेका छेले आफ्नै श्रीमतीकी ३४ बर्षिया साथीलाई बलात्कार पश्चात हत्या गरेको प्रहरीले जनाएको छ । गत १५ अप्रिलमा भएको सो घटना उत्तरी छल्ला प्रान्तमा घटेको थियो । ठीक त्यसको ४ दिन पश्चात उनले अर्की एक २९ बर्षिया महिलाको हत्या गरि खेतमा गाडेका थिए ।
प्रहरी अधिकारीका अनुसार हाल प्रहरीले अभियुक्तको तस्विर तथा अन्य सम्पुर्ण व्यक्तिगत जानकारीहरु समेत सार्वजनिक गरेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार स्थानीय मानिसहरुसँग पनि उनको सौहार्द सम्बन्ध छैन ।
उनका यस अघि पनि थुप्रै घटनाहरु बाहिरिएका थिए । स्थानीय समेत उनका गतिविधिहरुबाट त्रसित थिए ।
प्रहरीका अनुसार सन् २०१२ मा पूर्व प्रेमिकाको बलत्कार गरेको आरोपमा २ बर्षे जेल जिवन बिताइसकेका उनलाई ५ बर्षको खेल प्रतिवन्ध समेत लगाइएको थियो ।
सन् २०१५ मा गिम्जे भन्ने ठाउमा भएको चोरि मुद्दामा समेत उनलाई ६ महिना कैद सजाय मिलेको थियो ।
विद्यालय तहमा हुँदा अनेकौँ राष्ट्रिय स्तरका पुरस्कार जितेका उनी उच्च शिक्षा अध्ययन गरिरहँदा भने विभिन्न कारणले प्रहरीको फन्दामा परिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस