हेटौँडा- पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना सङ्क्रमित उहाँकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो ।
रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा–३ मा कोरोना सङ्क्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौँडा डुबाउँदैछ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेका थिए ।
पौडेलसहित हेटौँडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएको जनाइएको छ ।
पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको, घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस