काठमाडौं- नेपाल चलचित्र कलाकार संघले केही नेपाली अभिनेत्रीहरुको चरित्र हत्या गर्ने मनशायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै कारबाहीको लागि प्रहरीमा उजुरी दिएको छ । संघका अध्यक्ष रविन्द्र खड्कासहितको टोलीले आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर उजुरी दर्ता गराएको हो ।
आईतबार तथा सोमबार दुई जना अभिनेत्रीहरुका नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ भने अन्य अभिनेत्रीहरूको समेत त्यस्तै नक्कली भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यो घटनाले समाजमा राम्रो छवि भएका नेपाली अभिनेत्रीहरू मानसिक रूपले विक्षिप्त भएका छन् ।
संघका अध्यक्ष खड्काले वुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरुको नक्कली अश्लिल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरुको बारेमा भ्रम श्रृजना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशिघ्र यसको छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दछौ ।’ प्रहरीले यस बिषयमा तत्काल छानविन गर्ने बताएको संघका खड्काले जानकारी दिएका छन् ।
त्यसअघि हिजो कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एउटा प्रेस वक्तव्य जारी गर्दै भनेका छन् – ‘केही दिन यता प्रविधिको माध्यमबाट कलाकारहरूको मानमर्दन हुने गरि अतिरन्जित सामाग्रिहरू सामाजिक संन्जालमा देखिन आएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । प्रबिधीको ग़लत प्रयोग गरी बनाईएका यस्ता दुष्प्रचार प्रति भ्रममा नपर्न हामी सबैसग अनुरोध गर्दछौ । यस्तो असामाजिक एवं निन्दनीय अपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कार्बाही मात्र हैन सामाजिक बहिष्कार गर्न पनि हामी सबैसग अनुरोध गर्दछौ। संघ सदैब चलचित्र क्षेत्रको सबै बिधाका पेशाकर्मी र कलाकारहरूको साथमा छ । यस्तो अपराधिक कार्यको बिरूद्धमा एक्लाएक्लै होईन सामुहिक,संगठित र संस्थागत रूपमा लड़ने प्रतिबद्धता जनाउदै यो अपराधिक कार्यको बिरूद्धमा कानुनी कार्बाहीका लागी संघले पहल गरिसकेको पनि जानकारी गराउन चाहन्छौ । सम्बन्धित निकायले यस प्रकारको असामाजिक कार्यको पटाक्षेप गर्दै दोषीलाई कड़ा भन्दा कड़ा कार्बाही गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस