जाजरकोट-पश्चिम रुकुमको सोती घटनामा परी बेपत्ता भएका मध्ये एक जनाको शब डोरीले बाँधेर भेरीमा बगाएको अबस्थामा फेला परेको छ ।
भेरी नगरपालिकाका वडा नम्वर ११ का लोकेन्द्र सुनारको शव डेरीले बाँधिएको अबस्थामा भेरी नगरपालिका १३ कुदुमा नदीको किनारामा फेला परेको हो ।
गत शनिबारको घटनामा परी मृत्यु हुनेका संख्या यो सहित ४ पुगेको छ । बुधबार फेला परेको सुनारकोे शब डोरीले बाँधेको अबस्थामा नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई सोतीका गाउँलेले नियन्त्रणमा लिएर कृटपिट गरी बाँधेर नदीमा बगाएको अनुमान गरिएको छ । उक्त घटनामा परेका भेरी नगरपालिका ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शब यस अघि नै फेला परिसकेको राजधानी दैनिकले समाचार छापेको छ।
बेपत्ताको खोजिका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली कर्णाली प्रदेश कार्यालयबाट जाजरकोट पुगेको छ । गोताखोर टोलीले बुधबार लोकेन्द्रको शब फेला पारेको हो ।
डोरीले बाँधिएको अबस्थामा लोकेन्द्रको शब फेला परेपछि पिडित परिवार थप आक्रोशित भएका छन । त्यस्तै दलित अधिकारकर्मीले ६ जना युवाहरुको सामुहिक हत्या भएको जिकिर गरेका छन । मृतकको अबस्थाले यो सामुहिक हत्या हो भनि पुष्टि गरेको दलित अधिकारकर्मी गोपाल नेपालीले बताए ।
सोति घटनाको बारेका छानबिन र अनुसन्धानको लागि दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र कर्णालीे प्रदेश सभा सदस्यहरुको टोली जाजरकोट पुगेको छ ।
सोती घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।
घटना भएको पाँच दिन सम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुवेका आशंकामा शसस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको छ ।
तर नदी धमिलो भएकाले पानी भित्र हेर्न नसकिएका र संकास्पद स्थानमा छामेर खोज्नु परेको सशस्त्र प्रहरी जाजरकोटका प्रमुख (डिएस्पी) योग्य बस्नेतले जानकारी दिए । ‘पानी भित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यामा कठिनाई भएको छ उनले भने ।’ अक्सिजन सहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरै बेर डुवेर पानी भित्र अड्किएको बस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस