काठमाडौँ- नक्कली बिरामी बनेर एम्बुलेन्समा लागू औषध तस्करी गर्ने ३ जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्जबाट दाङको तुल्सीपुरका लागि छुटेको तुल्सीपुर उद्योग बाणिज्य संघको रा १ च ३८९ नम्वरको एम्बुलेन्समा लागु औषधसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
तुल्सीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँ अस्थायी प्रहरी पोष्टमा चेकजाँच गर्दा एम्वुलेन्समा रहेका दाङ घोराही उपमहानगरपालिका वडा नं १५ बरालाका २३ बर्षिय शंकर पुन नक्कली बिरामी बनेर १६ ग्राम ४ सय ५० मिलिग्राम खैरो हिराइनसहित पक्राउ परेका छन् ।
यस्तै एम्वुलेन्समा आएकी तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ कि १८ वर्षकी दिपा थापालाई सोधपुछ गर्दा शंकर नक्कली बिरामी बनेर आएको जानकारी पाएपछि उनको शरिर जाँच गर्दा पाइन्टको गोजीमा कालो प्लाष्टिकका दुइवटा पोका बनाई लुकाइराखेको अवस्थामा ब्राउन सुगर बरामद गरिएको छ ।
प्रहरीले पुन, थापा र एम्वुलेन्स चालक दाङको दंगीशरणका तिलक बिकलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस