सोल-दक्षिण कोरियाको एक अदालतले इन्टरनेटको गलत प्रयोग गर्दै यौन जन्य भिडियो उत्पादन तथा वितरण गर्दै आएका अनलाइन च्याटरुमका सञ्चालकलाई १० बर्षको कैद सजाय सुनाएको छ ।
उक्त घटनाका मुख्य अभियुक्त १९ बर्षिय किशोरले बालबालिकाहरुलाई जवरजस्ति यौनजन्य क्रियाकलाप गर्न लगाई भिडियो बनाएर च्याटरुम मार्फत विक्री गर्दै आएका थिए ।
राजधानी सोल भन्दा ८७ किलोमिटर पुर्वमा अवस्थित छुन्छन शहरका बे थर भएका ती किशोरलाई बालबालिकाको संरक्षण गर्नु पर्नेमा भक्षक भएको ठहर गर्दै अदालतले कम्तिमा ५ बर्षबाट बढीमा १० बर्ष सम्म कैद फैसला सुनाएको हो ।
अदालतले उनका गतिविधि नियमन नियन्त्रण गर्न आगामी १० बर्ष सम्म विद्युतीय व्रासलेट लगाउन पनि आदेश दिएको छ ।
समाचारमा जनाइए अनुसार ती व्यक्तिले ३ जना बाल बालिकालाई जवरजस्ति यौन जन्य गतिविधि गर्न लगाई ७६ वटा भिडियो बनाएर विक्री गराएको आरोप लगाइएको छ । त्यस्तै गरि उनी तथा उनको टिमले २६ जनाको व्यक्तिगत विवरण समेत अनाधिकृत रुपमा राखेको आरोप लगाइएको छ ।
अदालतले उनी लगायत उक्त अभियोगमा पक्राउ परेका सबैलाई जेल सजायका अलावा आगामी १० बर्ष सम्म महिला तथा बालबालिकाहरुको उपस्थिति हुने कुनै पनि क्षेत्रमा काम गर्न निषेध समेत गरेको छ ।
उक्त मुद्दाको फैसला भएको क्षेत्र वरपर स्थानीयहरुले दोशी उपर कडा भन्दा कडा सजायको माग राख्दै नारा जुलुस समेत गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस