सोल-बालबालिकाहरु माथि घरमा शारिरिक यातना बढ्न थालेपछि दक्षिण कोरियाको कानुन मन्त्रालय यतिबेला कानुन संसोधन गर्ने तयारिमा लागेको छ ।
घरमा दिइने शारिरिक यातनापछि गएर वालवालिकाहरुको मृत्युको कारक समेत बन्न सक्ने औँल्याउदै मन्त्रालयले कानुन नै संसोधन गर्न लागेको हो ।
हालको संविधानमा वालवालिकाहरुलाई संयमित बनाउन आमाबाबुले आवश्यक कदम उठाउन सक्ने व्यवस्था रहेको र सोही कारणले बाउआमाले उनीहरुमाथि शारिरिक हिंशा समेत गरिरहेको पाइएका कारण सो कार्यलाई बन्द गराउन कानुन संशोधन गर्ने तयारि गरिएको सोल राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक योन जीन सुले बताएका छन् ।
बालवालिकाहरुलाई अनुशाशनमा राख्नुपर्ने कुरामा आफू पनि सहमत भएको तर अनुशासनमा ल्याउने बाहानामा उनीहरु माथि शारीरिक तथा मानसिक यातना दिने क्रम बढेको उनले बताएका छन् । दक्षिण कोरियाली प्रहरीसँग पनि बालबालिका माथि हुने गरेका शारीरिक तथा मानसिक हिंसाका कैयौँ उजुरी रहेको उनले बताएका छन् ।
हाल कानुन छलफलको चरणमा रहेको तथा छिट्टै राष्ट्रिय सभामा अनुमोदनका लागि पठाउने तयारी रहेको समेत उनले बताएका छन् । ससाना घटनाहरुमा तथा ससाना गल्तिहरुमा पनि बालवालिकाहरुले विभिन्न प्रकारका सजाय भोगिरहेका कारण ति अबोध बालबालिकाहरुको मानशिक तथा शारीरिक विकासका लागि उक्त कानुन ल्याइन लागिएको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस