कपिलवस्तु – सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले भारतबाट अबैध रुपमा भित्र्याइएको साढे २४ लाख भारतीय रकम बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पूर्व ड्युटीमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्मको टोलीले आज बिहान रकम बरामद गरेको हो ।
भारत हुँदै झोलामा भिरेर एक व्यक्तिले सेनिटाइजर र औषधिको झोलामा लुकाएर सो रकम ल्याएका थिए ।
दशगजा भन्दा ५० मिटरभित्र नेपाली भूभागमा ती व्यक्तिले सशस्त्र प्रहरीको टोलीलाई देखेपछि झोला फाली भागेका थिए ।
त्यसपछि स्थानीय प्रतिनिधिहरुको साक्षी तथा रोहबरमा झोला खोली हेर्दा भारतीय रुपैयाँ रु.५०० को ४९०० थान गरी जम्मा २४ लाख ५० हजार र ४२ पत्ता सुगरको औषधि समेत फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले जानकारी दिए ।
बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाइने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस