काठमाडौं – पछिल्लो समय कमलादी १५ किलो सुन प्रकरणमा खोजी गरिएका इल्ताफ हुसेन अन्सारी पक्राउ गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हुसेनलाई नियन्त्रणमा लिएको हो। हुसेन नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परेका व्यक्ति हुन्। उनलाई बाराको निजगढबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।
साउन १३ गते प्रहरीले कमलादीबाट १५ किलो सुन फेला परेको जानकरी दिएको थियो। सुन्धाराबाट बरामद भएको सुनमध्ये आधा केजी सक्कली र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको थियो।
हुसेन २०७२ जेठ ३० गते भारतिय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए। जिल्ला अदाल ललिपुरले २०६७ जेठमा दोषी ठहर गर्दै तीन वर्ष कैद र २ करोड ६१ लाख रुफैयाँ विगो सुनाएको थियो।
सुन प्रकरणमा घटना भारतीय नागरिक सञ्जय पटेलको पनि संलग्नता रहेको खुलेको छ। उनी प्रहरीको खोजी सुचीमा रहेका छन्। प्रहरीले सुन बरामत भएको भोलीपल्ट पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल, निलेश सखियालाई नियन्त्रणमा लिएको थियो। उनीहरु तीनै जना भारतीय हुन्।
उनीहको बयानपछि महानगरीय प्रहरी वृत दरबारमार्गमा सादा पोसाकमा खटिएका प्रहरी जवान प्रसन्न श्रेष्ठ र प्रहरीको (सिआरभी) गाडी चालक बहादुर सिंह कडायतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। उनीहरुले सुन तस्करीलाई सहयोग गरेको खुलेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस