सङ्खुवासभा – जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आइसोलेसन वार्डमा तोडफोड भएको छ । जिल्लाका तीन जना सङ्क्रमितलाई राखिने भएपछि शुक्रबार राति आइसोलेसन वार्डमा तोडफोड गरिएको हो ।
कोरोना सङ्क्रमितहरूलाई राख्नको लागि सम्पूर्ण मापदण्डसहितको आइसोलेसन कक्षको साँचो काटेर भित्र प्रवेश गरी तोडफोड गरिएको खाँदबारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुन्दर श्याम झाले जानकारी दिएका छन् ।
आइसोलेसन कक्षका अत्यावश्यक सामग्रीहरू चोरि भएकोसमेत निमित्त मेसु झाले जानकारी दिए । झाका अनुसार आइसोलेसनका करिब १५ लाख बराबरको सामग्री चोरी भएको हो । अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडरलगायत सामग्री चोरी गरेको अस्पतालका मेसु झाले जानकारी दिए ।
आइसोलेसन वार्डमा तोडफोड भएपछि क्याम्पस प्रमुख डाक्टर मात्रिकाप्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तोडफोड हुनुमा क्याम्पस प्रमुखको चलखेल हुनसक्ने भन्दै अनुसन्धानका लागि डाक्टर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।
डाक्टर तिम्सिनाको घटनाअघिका केही अभिव्यक्तिका कारण उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको निरीक्षक राईले स्पष्ट पारेका छन् । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको राईको भनाइ छ ।
सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवा खोलामा बनाइएको क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र अर्को २२ वर्षीय एक पुरुषमा समेत कोरोना पोजिटिभ देखिएको हाे । उनीहरूलाई बिहीबार क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध गर्दै आएका थिए ।
क्याम्पसको आइसोलेसनमा तोडफोड गरिए पनि सोही ठाउँमा पुनःमर्मत गरेर कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिएका छन् । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जनाको उपचार भइरहेको उनको भनाइ छ । कोरोना पुष्टि भएको चौथो दिनमा उनीहरूलाई आइसोलेसनमा ल्याइएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस