काठमाडौँ- ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ ।
केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । उनको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।
तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
गए राति शव फेला परेको र शवपरीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो ।
राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले अज बिहान गएर शव उठाएको थियो । आफन्तले आज उनकै शव भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदारलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस