भक्तपुर-भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना रहस्यमय मृत अवस्थामा फेला परेका छन् ।
मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उनकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ वर्षीय छोरा सुशान्त रहेका छन् । घरको दोस्रो तलमा कुकुर समेत मृत भेटिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले तीनै जनाको केही दिन पहिले हत्या गरिएको हुन सक्ने बताइन । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
अधिकारी परिवारलाई भेट्न दिउँसो ५ वजे घरमा पुगेका एक आफन्तले घटनाको वारेमा प्रहरीलाई जानकारी दिएका हुन । घरको तेस्रो तलामा श्रीमती सम्झाना र चौथो तलमा बुबा–छोराको शव फेला परेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिपक थापाले घटना रहस्मय भएको बताए । यो हत्या हुन सक्छ उनले भने , अनुसन्धान गर्दै छौं, त्यसपछि विस्तृत विवरण आउला ।
त्यस्तैं, नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा परिचालन गरिएको छ । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी समेत खटिएको छ ।
मृतकहरूको शव आवश्यक घटनास्थल मुचुल्का तयार पारी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज ल्याउने तयारी गरिएको छ । महाशाखा प्रमुख थापाका अनुसार, शब गनाइ सकेको अवस्थामा फेला परेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस