सोल- दक्षिण कोरियाको उच्च अदालतले इन्टरनेटबाट भइरहेका बाल यौन दुर्व्यवाहारका घटनालाइ नियन्त्रण गर्न कडा कानुन ल्याएको छ ।
बढ्दो साइबर यौन अपराध तथा कडा कानुन ल्याउन आइरहेको जनदवावलाई मध्यनजर राख्दै उच्च अदालतले २९ बर्ष सम्मको कैद सजायको ब्यवस्था गरेको हो ।
हालै आएको नयाँ कानुन अनुसार अब न्यायाधिसहरुले घटनाको प्रकृति हेरेर दोषीलाई १० बर्ष ६ महिनाबाट २९ बर्ष ३ महिना सम्मको जेल सजाय तोक्न सक्ने छन् । यस अघि त्यस किसिमका मुद्दामा ६ बर्षबाट २७ बर्ष सम्म जेल सजायको ब्यवस्था थियो ।
हालको प्रस्तावित नयाँ कानुनमा त्यस किसिमका अश्लिल भिडियोहरु किन्ने ब्यक्तिहरुलाई समेत कानुनी कारवाहीमा ल्याइने छ । उनीहरुलाई १ बर्ष ६ महिनाबाट ६ बर्ष सम्म जेल सजाय हुन सक्ने नयाँ कानुनमा ब्यवस्था गरिएको छ । डिसेम्बर महिनामा अनुमोदन भएपश्चात उक्त नयाँ कानुन लागु गरिने छ ।
उक्त प्रस्तावित नयाँ कानुन अनुसार यदि कसैले यौन हिंसाका सामाग्री बिक्री वितरण गरेकै कारणले पिडितमा थप समस्याहरु (आत्महत्या, सम्बन्ध विच्छेद आदी) फेला परेमा सो समस्याको भागिदार समेत ति नै वितरकलाई बनाइने छ ।
केही समय अगाडी इन्टरनेट मार्फत बाल यौन दुराचारका भिडियो बिक्री वितरण गराउने सोन जङ् वोलाई १८ महिनाको कैद सजाय पश्चात रिहा गरेकोमा दक्षिण कोरियाली न्यायालय प्रति विश्वभरबाट प्रश्न उठाइए पश्चात दक्षिण कोरियाले कडा कानुन निर्माण गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस