सोल- दक्षिण कोरियाली प्रहरीले झुटा फोन कल तथा मेसेज गर्ने काममा संलग्न २४ जना चिनिया नागरिकलाई पक्राउ गरेको छ ।
राष्ट्रपति मुन जाइ इनले त्यस किसिमका झुट फैलाउनेलाई पक्राउ गरि हदै सम्मको कानुनी सजाय दिन दिएको निर्देशन पश्चात प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुसान प्रहरीका अनुसार उक्त क्षेत्रबाट मात्र झुटा कल र मेसेज मार्फत १.७ मिलियन अमेरिकी डलर ठगी भइसकेको छ । पक्राउ परेकाहरुले आफूहरु कार्यकर्ता मात्र रहेको र उक्त अपराधका नाइकेहरु चीनको गुवाङडङ प्रान्तका रहेका बताएका छन् ।
पछिल्लो समयमा दक्षिण कोरियामा यस किसिमका फोन कल तथा मयासेज पठाएर ठगी गर्ने घटनामा बृद्धी आएका छन् । पिडितलाई सहयोग माग्ने देखी लिएर भाइरस सहितका मालवेरहरु फोनमा इन्स्टल गर्न लगाउने सम्मका साइबर अपराधहरुमा उनीहरु संलग्न रहेको प्रहरी श्रोतले बताएको छ ।
यस किसिमका गतिविधिहरुबाट ती स्क्यामरहरुले ब्यक्तिका ब्यक्तिगत विवरण तथा गोप्य विवरण सम्ममा पहुँच पुर्याएर पछि धम्की समेत दिँदै रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो पटक कोरोना राहत फारमका नाममा त्यस किसिमका फोन कल मानिसमा गइरहेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस