ताप्लेजुङ्ग – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।
तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनापछि लाक्पा भने फरार छन् । गम्भिर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तत्कालका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहे भए पनि त्यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिनुभयो । घाइते फुटि भोटे लाक्पाकी ठुलीआमा हुन् भने पाशाङ तिनै ठुलीआमाकी छोरा हुन् । अर्का पाशाङ भने काकाको छोरा रहेको स्थानीयले बताएका छन् ।
बेलुकी ठुलीआमाका पुगेका लाक्पा त्यही खाना खाएर बसेका थिए । त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा बिस्तृत विवरण आउन बाँकी छ । घटना स्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट समेत प्रहरीको टोली गईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस