सोल -दक्षिण कोरियाली प्रहरीले अबैधानिक तरिकाले खिचिएको यौन दुर्व्यवाहारको भिडियो डाउनलोड गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यस प्रकारको कसुरमा पक्राउ पर्ने उनी पहिलो ब्यक्ति हुन् ।
बुसान महानगरीय प्रहरीका अनुसार २०-३० को उमेरका ती ब्यक्तिले बाल यौन दुर्व्यवाहारसँग सम्बन्धित तस्विर तथा भिडियोहरु डाउनलोड गरि आफ्नो मोबाइल तथा कम्प्युटरमा राखेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले गैर कानुनी रुपमा खिचिएको एक महिलाको अश्लिल भिडियो समेत उनका साथबाट फेला पारेको छ ।
प्रहरीका अनुसार गत मे १९ बाट यौन हिंसा बिरुद्धको कानुन शसक्त रुपमा लागु गरिए यता पक्राउ पर्ने उनी नै पहिलो ब्यक्ति हुन् ।
हाल लागु गरिएको कानुन अनुसार यदि कसैले गैर कानुनी रुपमा यौनजन्य भिडियो खिच्ने, किन्ने, डाउनलोड गर्ने लगायतका गतिविधि गरेमा ३ करोड वन अर्थात २५ हजार ८ सय ८८ अमेरिकी डलर सजायको ब्यवस्था छ । यस अघीको कानुनमा जसले भिडियो खिचेको, उत्पादन तथा बिक्री गरेको, उसैलाई मात्र कारवाहीको ब्यवस्था थियो ।
केही समय अगाडी टेलिग्राम यौन प्रकरण सार्वजनिक भए यता सरकारले त्यस किसिमका अनैतिक क्रियाकलाप विरुद्ध आक्रामक नियम ल्याएको छ । महिलाहरुको अश्लिल भिडियो खिचेर उनिहरुलाई ब्ल्याकमेल गर्दै सामाजिक अपराध बढाउन थाले पश्चात नयाँ कानुन मार्फत त्यस्ता कामहरुलाई निरुत्साहित गर्ने नीति लिएको छ ।
कसैको स्विकृति बिना यदि कसैले भिडियो खिचेमा, उत्पादन तथा बिक्री गरेमा र त्यस्ता भिडियोहरु डाउनलोड गरेमा कडा कानुनी कारवाही गरिने एक प्रहरी अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस