काठमाडौँ – महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई काठमाडौँको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल कामपा–७ बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोवी गाउँपालिका–५ स्थायी घर भई हाल कामपा–७ बौद्ध बस्ने २७ वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
यही असोज २१ गते अपराह्न १६ः३० बजे मृतक योञ्जनले सञ्चालन गरेको पसलमा आई उनीहरुले मादक पदार्थ सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई जग्गा हेर्न भनी पसलभन्दा एक किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटेर लगेका थिए ।
निज योञ्जनको उपचारका क्रममा ग्रीनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको थियो । अनुसन्धानका क्रममा शेर्पा भन्ने कामी लामाले मृतकसँग रकम लिन बाँकी रहेको र मृतककले रकम दिन आनाकानी गरेको कारण निजलाई कुटपिट गरेर रकम असुल्न अन्य दुई सहयोगी बोलाएको खुलेको छ । एकान्तमा रहेको धानखेतमा उनीहरुले मृतकलाई अनुहार, छाती र पेटको भागमा हात र खुट्टाले कुटपिट गरी घाइते बनाई निजको साथमा रहेको सुनको ब्रासलेट (दुई तोला दुई लाल) तथा मोबाइल लुटी फरार रहेको महाशाखाले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल, मृतकको सुन बिक्रीबाट प्राप्त रु एक लाख ५५ हजारमध्ये रु ५४ हजार ६०० र गालेको सुन (एक तोला एक लाल) बरामद गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस