रौतहट-मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ ।
धारिलो हतियारको आक्रमणले हरीन्द्रको दाहिने कानको छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ ।
उनीहरुलाई गम्भीरावस्थामा तत्कालै उपचारका लागि गए राति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो ।
राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो । आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रनाउ श्रेष्ठले घरमा चोर देखेर शिलादेवीले होहल्ला गर्दा उनमाथि पहिले र हरीन्द्र उठ्दा उनीमाथि पछि आक्रमण भएको बताउँदै घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस