पर्सा- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् ।
मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन् ।
यही कात्तिक ६ गते सो गाँउपालिकाको बहुअर्वाभाठामा भएको सपथग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमण गर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त र कार्यकर्ताले आन्दोलन गरेका हुन् ।
मृतकका परिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने आडान राखेका छन् । शवलाई पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिनुभयो ।
पार्टीको कार्यक्रममा दुई पक्षबीचको कुटाकुटमा परी घाइते चौरसियाको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा कात्तिक ७ गते निधन भएको थियो ।
चौरसिया हत्याको अभियोगमा तीन जानलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस