इनरुवा- जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका–१ का सञ्जीव उराव र रामधुनी नगरपालिका–३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।
सुनसरी प्रहरीले शुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । उराव र मेहतालाई इनरुवा–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ । इनरुवा–४ स्थित बसचोकमा शङ्कास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ
छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए ।
छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय बुनिया भन्ने करिम मियाँलाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो । माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन विसं २०६६ मङ्सिर २२ गते ससुरालीघरमा गएका मियाँले श्रीमतीसँग वादविवाद भएपछि छोराछोरीलाई लिई घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि तीन महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।
मियाँकै कान्छी श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कात्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँका विषयमा थप अनुसन्धान शुरु भएको सुनसरी प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस