दमौली – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियान अन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो ।
लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्षदेखि फरार व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते एक वर्ष कैद र रु पाँच हजार जरीवाना सुनाएको थियो ।
प्रहरीका अनुसार चोरी मुद्दामा एक, सवारी ज्यान मुद्दामा एक, कुटपिटमा तीन, जालसाजीमा एक, सार्वजनिक अपराधमा एक, गाली बेइज्जतीमा एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट एक वर्ष कैद र एक लाख ७५ हजार दुई सय ९० जरीवाना असुल गर्न बाँकी छ । उनीहरुलाई शुक्रबार अदालत समक्ष उपस्थित गराइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस