सुर्खेत – इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु२ख २१० नंको ट्रक चालक भेरीगङ्गा नगरपालिका–२ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएका अन्य व्यक्तिमा सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३ वर्षीय योगराज बुढा र निराजन विक, १४ वर्षीय प्रदीप वली, १५ वर्षीय मदन भण्डारी र अम्मर डिसी, २० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली र ३५ वर्षीय सोमबहादुर विक रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छ बालक रहेका छन् ।
“अवैधरूपमा लैजाँदै गरेको १४७ थान सालको चिरान काठ नापतौल गर्दा ७७.६४ क्युफिट रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी नायब निरीक्षक डिल्लीबहादुर चन्दको नेतृत्वमा गएको आठ जनाको टोलीले ट्रक र ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि छिन्चु वन कार्यालयका रेन्जर भोजप्रसाद उपाध्यायको जिम्मा लगाइएको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस