बारा – जिल्ला प्रहरी कार्यालय बाराले अबैधरुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा ४९ लाख नेपाली रुपियाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
बाराको फेटा गाउपालिका वडा नम्बर–५ जोतपुरटोल स्थित नेपाल भारत सीमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउँदै गरेको बि.आर.०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्ने क्रममा ४९ लाख रुपियाँ सहित दुई जनालाई पक्राउ गरी आईतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजनागरी सार्वजनिक गरिएको हो ।
सो अबैध रुपियाँ साधारण झोला भित्र राखेर मोटरसाईकलमा झुण्ड्याएर आउदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा सो रुपियाँ बरामद गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला हरपुर थाना वडा नम्बर–१० घोडासहन बस्ने वर्ष २६ को अरबिन्द महतो र नाम परिर्वतित कलैया उपमहानगरपालिका वडा नम्बर–३३ छ १३९ बस्ने वर्ष १४ को नाबालक पक्राउ परेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
प्रहरीले झोला भित्रबाट हजार दरका एक हजार ९२३ थान, ५ सय दरका पाँच हजार ७०४ थान, सय दरका एक हजार दुई सय थान र ५० दरका एक सय थानगरी जम्मा रु.४९ लाख बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै अभियुक्तहरुलाई बारा जिल्ला अदालतबाट आईतबार म्याद थप गर्न प्रक्रिया अगाडि बढाईएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । सो रकम अबैध लागुऔषध, हातहतियार तथा हुण्डी कारोबारका लागि भारतबाट ल्याईएको हुनसक्ने अनुमान गरिएको प्रहरी उपरीक्षक शाहीले भन्नुभयो ।
माघ महिना भित्र प्रहरीले बिभिन्न शिर्षक सहित झण्डै एक करोड रुपियाँ अबैध रुपमा भारतबाट ल्याइरहेको अवस्थामा बरामद गर्नुको साथै तीन जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस