कास्की – सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भन्दै घुस लिने व्यक्ति पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङजा वालिङ नगरपालिका वडा नं.१ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा.१४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेड सञ्चालक वर्ष ४९ का खगेन्द्रप्रसाद काफ्लेलाइ प्रहरीले पक्राउ गरेको छ ।
काफ्लेले यातायात कार्यालयको कर्मचारीसँग आफ्नो चिनजान भएको र ट्रायल तथा टेष्टमा समेत फेल भए पनि सजिलै लाइसेन्स बनाइदिन्छु भनी उठाइरहेको बेला उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।
विभिन्न कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमुना प्रश्नपत्र, नगद रु.८९ हजार ६ सय २० रुपैया रकमसहित पक्राउ गरी ठगीसम्बन्धी कसुर अन्तर्गत १० दिन म्याद थप गरी कानूनी कारवाही अगाडि बढाइएको हमालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस