चितवन – जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् । उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विकलाई सार्वजनिक गरेको हो । विकले विसं २०७७ असोज ७ गते भरतपुर–९ शरदपुर बस्ने ७४ वर्षीय बाबाहजुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ । विकले थापाको हत्या तथा लुटपाटका क्रममा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् । घटनास्थलबाट मोबाइल, गरगहनासमेत लुटेर लगेको विकले स्वीकारेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस