कञ्चनपुर ( अवैध काठसहित भीमदत्त नगरपालिका–७ हल्दुखालका दुईलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय मोहन जाग्री र १९ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन् । चिरान गरिएको सालको काठ बोकेर हिँड्दै गरेका दुवैलाई सोधपुछ तथा जाँच गर्दा अवैध देखिएपछि पक्राउ गरी दुवैलाई काठसहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको उनले बताए ।
प्रहरीले आजै भीमदत्त नगरपालिका–६ नजिक भारतबाट भन्सार छलेर ल्याएको पाँच बोरा चिनी, प्लाष्टिक छ बोरा गरी रु ३० हजारको बेवारिसे सामान बरामद गरेको छ । पुर्नवास नगरपालिका–४ गाउँबाट पानी तान्ने मोटर तीन थान, सिलिङ पंखा दुई थान, होल्डर १० थान पार्केट फ्युज १० पाकेट, एम्सी दुई थान स्क्रु दुई थान र लेडिज चप्पल सानो ठूलो ५२ जोरको रु ३० हजार तीन सय मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस