बैतडी – प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पु¥याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
फागुन ४ गते पक्राउ परेका दिनेशमाथि अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले भने, “नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।” उनका अनुसार एक दुई दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । प्राविधिक परीक्षण गर्नुपर्ने वस्तु प्रयोगशालामा पठाइएको र परीक्षण रिपोर्ट आएपछि प्रतिवेदन तयार हुन्छ ।
दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन पटक पाँच/पाँच दिनको म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी हिरासतमा रहेका दिनेशले आफूले नै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरी सकेका छन् । दिनेशमाथि कर्तव्य ज्यान मुद्दा र जबरजस्तीकरणी विरुद्धको मुद्दा दर्ता भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस