कञ्चनपुर – बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउनसुगरसहित कैलाली टिकापुर नगरपालिका–३ का २५ वर्षीय सन्तोष चौधरी र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले चलाउँदै गरेको से३प ७५९२ नंको मोटरसाइकल, दुई थान मोबाइल र नगद रु दुई हजार १७० बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताएका छन्। पक्राउ परेका दुवैलाई मोटरसाइकल र बरामद लागुऔषधसहित आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।
यसैगरी कृष्णपुर नगरपालिका–४ का दुई जनालाई इलाका प्रहरी कार्यालय गुलरियाले लागुऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीवन ऐर र कमल दौल्याल रहेका छन् । दुवै जनाको साथबाट १८६ ग्राम लागुऔषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकालाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस