काठमाडौँ- कोभिड–१९ संक्रमणको फाइदा उठाउँदै कम गुणस्तरको अक्सिमिटर बिक्री गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका शिखर श्रेष्ठ, बाजुराका थुमराज उपाध्याय, स्याङ्जाका शेषकान्त अधिकारी, सुनसरीका पुष्कर घिमिरे, मोरङका विशाल आचार्य, सिन्धुपाल्चोकका सन्तोष भण्डारी र भारत राजस्थानका जगदीशप्रसाद रानासरिया छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सात सय ६५ अक्सिमिटर पनि बरामद गरेको छ । बजारमा ६ सय रूपैयाँमा पाउने अक्सिमिटर उनीहरूले दुई हजार दुई सय बीस रूपैयाँमा बिक्री गर्दै आएका थिए ।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोराइलाले बरामद अक्सिमिटर कम गुणस्तरको, तर अत्यधिक मूल्यमा बिक्री हुँदै आएको बताए । ‘कम गुणस्तरका सात सय ६५ अक्सिमिटर बरामद भएका छन् । अक्सिमिटरले राम्रोसँग काम नगर्ने गरेको पाइयो । तर, मूल्य भने २२ सय रूपैयाँ लिएका रहेछन्,’ उनले भने ।
प्रहरीका अनुसार बरामद अक्सिमिटर आहा इन्डस्ट्रियल कम्पनीका कामदार विशाल आचार्यले न्युरोडमा रहेको डि एन्ड डि इन्टरप्राइजेजमार्फत ल्याएका थिए । उनले चीनबाट मास्कको तुना ल्याउने बाकसमा अक्सिमिटर लुकाई ल्याएका थिए । अक्सिमिटर ल्याउँदा भन्सार तिरिएको छैन । न उत्पादक कम्पनी र मूल्य नै लेखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस