सुनसरी- इटहरीका दुई औषधि पसल सञ्चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले २ लाख २० हजार रुपैयाँ जरिवाना गराएको छ । मंगलबार औषधि पसलेहरुले कोरोना महामारीको मौकामा एमआरपी र बिलबिजक नभएको ह्याण्ड सेनिटाइजर र मास्क बिक्री गरेर अस्वाभाविक मुनाफा राखेकोमा जरिवाना गरेको हो ।
कार्यालयले इटहरीको औषधि र औषधिजन्य वस्तुको थोक विक्रेता बिबिता सर्जिकल हाउस र होम्ताङ आयुर्वेद औषधालयलाई जरिवाना गराएको हो । सर्जिकल हाउसले भारतीय कम्पनीद्वारा उत्पादित ह्यान्ड स्यानिटाइजरमा एमआरपी उल्लेख नभएको र ३९ रुपैयाँमा खरिद गरी ८० रुपैयाँमा बिक्री गरी अस्वभाविक मुनाफा आर्जन गरेको देखिएकाले २ लाख रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताएका छन् ।
पोखरेलले यसैगरी, होम्ताङ आयुर्वेद औषधालयले स्यानिटाइजर, मास्क लगायत अन्य औषधीहरूको खरिद बिक्री गर्दा बिलबिजक राखेको नभेटिएकोले उक्त औषधालयलाई पनि २० हजार जरिवाना गरिएको बताए ।
कार्यालय प्रमुख पोखरेलले यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडीका दुई फार्मेसीलाई पनि २० हजार जरिवाना गरेको बताए । सरिता साह र किशोर साहले सञ्चालन गरेको टाटा फार्मेसीले बिलबिजक नराखी मास्क तथा सेनिटाइजर खरिद बिक्रीमा नाफा प्रतिशत बढी राखेकाले २० हजार जरिवाना गराइएको पोखरेलले बताए ।
प्रतिष्ठान गेट अगाडी सुजिता सुनुवारले सञ्चालन गरेको सुनौलो मेडिकल हलले मधुमेह (सुगर टेस्ट) को मेसिन महँगोमा बिक्री गरेको थाहा पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ङ को दफा ५४ को उपदफा दुई बमोजिम २० हजार जरिवाना गरिएको थियो । अनुगमन टोलीले बलराम अग्रवालले सञ्चालन गरेको गार्जियन फर्माले पनि खरिद बिलको ३० प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस