सर्लाही- ईश्वरपुर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । प्रहरीका अनुसार शुक्रबार राति जेसिबी चालकसँग विवाद हुँदा चालकले जेसिबीको बकेटले हानेर हत्या गरेको हो ।
भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीलाई खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । प्रहरीका अनुसार राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए । सर्लाहीको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले खाजा खाएर फर्किने क्रममा राति करिब १० बजे चालक तामाङले वडाध्यक्ष श्रेष्ठसँग विवाद हुँदा बकेटले हानेको बताएका छन् ।
बकेटले हानेर लडाएपछि माटोले पुरेको देखिएको एसपी राठौरले बताएका छन् । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुग्दा वडाध्यक्ष श्रेष्ठ अचेत अवस्थामा फेला परेकाले जिल्ला अस्पताल मलंगवा पु¥याइएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर–३ का ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१ हजरियाका ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
एसपी राठौरका अनुसार दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको हो । उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय मलंवाको हिरासतमा राखिएको छ । मृतक ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस